`

राजदूत सिफारिस गर्दा समावेशी हुन नसकेको परराष्ट्रमन्त्रीको स्वीकार

Nepal One HD २४ भदौ २०८१ १३:४१
प्रमुख खबर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकारमा जति समावेशी र समानुपातिक हुनुपर्ने हो त्यो नभएको बताएकी छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले यति प्रतिशत हुनुपर्छ भनेर नतोक्दासम्म निर्णायक पदमा महिला पुग्न गाह्रो भएको बताएकी हुन् ।

उनले भनिन्, ‘कुनैपनि ठाउँमा निर्णायक पदमा महिला राख्नको लागि यति हुनैपर्छ भनेर नतोकिँदासम्म पदमा पुग्न महिलालाई गाह्रो छ । अहिले पनि हामी दुईजना बल्लतल्ल महिलाको तर्फबाट प्रतिनिधित्व गरेर काम गरिरहेका छौं ।’

साथै उनले कुटनीतिक ज्ञान र स्वभाव हेरेर दलित कोटालाई समितिहरुमा समावेश गरिएको बताइन् । उनले राजदूत सिफारिस गर्दा समावेशी हुन नसकेको स्वीकारेकी छिन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राजदूत सिफारिस गर्दा मुस्लिम र दलित खोजी भएको बताइन् । तर, राजदूत नियुक्त गर्दा कूटनीतिमा ज्ञान भएकाहरूको सूची बनाउनुपर्ने बताइन् ।


प्रतिक्रिया