`

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

Nepal One HD २ असोज २०८१ १२:०७
अर्थ समाचार

काठमाडौँ ।  बुधबार सुनको मूल्य प्रतितोला  तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला  एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि  एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला  एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि भने  एक हजार आठ सय ९० निर्धारण भएको छ ।


प्रतिक्रिया