`

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घट्यो

Nepal One HD ३ असोज २०८१ १२:२६
अर्थ समाचार

काठमाडौँ । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य बिहीबारका लागि एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला  एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि  एक हजार आठ सय ८० रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया