`

नेप्सेमा उच्च अंकको गिरावट

Nepal One HD ८ असोज २०८१ १५:५१
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । सोमबार ५९ अङ्कले घटेको नेप्से मंगलबार ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ । आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया