`

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

Nepal One HD २ माघ २०८१ १९:०७
विश्व

उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ ।

गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।

हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो ।दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए ।भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ ।


प्रतिक्रिया