अध्यादेशकाबारेमा पार्टीमा औपचारिक निर्णय भएको छैनः अध्यक्ष यादव
राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको छ ।
बुधबार साँझ अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेशको पक्षमा उभिने वा विपक्षमा उभिने औपचारिक कुनै निर्णय नभएको बताएका हो ।
सचिवालयले भनेको छ, ‘सबै कुरा अहिले छलफलको क्रममा छ । अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउँछ। त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिन्छ। ’आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ शीर्षकमा केही मिडिया र सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक हुन्। जसपा नेपाल यस्ता भ्रमपूर्ण समाचारको खण्डन गर्दछ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
