`

झापामा युवतीसँग होटलमा बसेका युवकको मृत्यु भएपछि दुईजना पक्राउ

Nepal One HD २५ माघ २०८१ १३:२१
समाज

झापा । झापाको एक होटलमा युवा मृत फेला परेका छन् । बिर्तामोडस्थित एभरेष्ट होटल एण्ड लजमा बसेका हल्दिबारी गाउँपालिका–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्रा मृत भेटिएका हुन् ।

घटनामा युवकसँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए ।

मुनाले प्रहरीमा दिएको बयानअनुसार सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएका थिए । त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्याएका थिए ।

चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ । युवती र होटल सञ्चालकको बयानमा शङ्का लागेकोले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया