थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा


गण्डकी । पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले मछिन्द्रलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।
निर्धारित र थप समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । जसमा थ्रीस्टारले बाजी मार्यो ।
वैकल्पिक गोलकिपर सरिन जिसीको एक पेनाल्टी बचाएपछि थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
पेनाल्टीमा थ्री स्टारका चारै खेलाडीले गोल गरे भने मछिन्द्रका दुई खेलाडीले मात्र गोल गरे । थ्री स्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे ।
मछिन्द्रका लागि दिवाकर चौधरी, सनिश श्रेष्ठले गोल गरे भने विशाल घलानको प्रहार बारमा लागेर फर्केयो भने आदित्य शाक्यको प्रहारलाई गोलकिपरले रिकिदिए ।
मछिन्द्र प्रिक्वाटर फाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन । सोमबार चर्च व्याइज र आर्मीबीच खेल हुनेछ ।