`

माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान

Nepal One HD ३० माघ २०८१ ७:३७
समाचार

काठमाडौँ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानलाई वार्ताको लागि आह्वान गर्नुभएको हो ।

प्रवक्ता भट्टले भन्नुभएको छ, “यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनको लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न सङ्घर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।”

मन्त्रालयले वार्ताका लागि यस मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।


प्रतिक्रिया