`

सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो

Nepal One HD ५ फागुन २०८१ ११:३७
अर्थ समाचार

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँबढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया