`

नेपाली छात्राको आत्महत्या प्रकरणको छानबिनका लागि कूटनीतिक पहल गर्न अखिलको माग

Nepal One HD ५ फागुन २०८१ १६:००
प्रमुख खबर

काठमाडाैँ । नेकपा एमाले निकट अनेरास्ववियुले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिनका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सोमवार विज्ञप्ति जारी गरेर कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गरेका हुन् ।

नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न दवाब दिन तथा न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरूहरुमाथि कलेज प्रशासनले दमन गरेको र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा बडालले आपत्ति जनाएका छन् ।

‘उक्त घटनाको निष्पक्ष छानबिन गर्न दवाब दिन तथा न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरूहरुमाथि कलेज प्रशासनले दमन गर्ने र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा घोर भर्त्सना गर्दछौं। यस घटनाको कूटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरी निष्पक्ष छानबिन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्दै अध्ययनको वातावरण निर्माण गराउन नेपाल सरकार जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

कालिंगा विश्वविद्यालयमा भइरहेको न्याय प्राप्तिको आन्दोलनप्रति संगठनको ऐक्यवद्धता रहेको अनेरास्ववियुले जनाएको छ ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा हेस्टेलमा मृत भेटिएकी थिइन् । मृत भेटिएकी छात्रा बुटवलकी प्रकृति लम्साल हुन् । उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको चौथो बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

सोही कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार प्रकृतिको मृत्यु रहस्यमय भएको बताएका छन् । प्रकृतिको मृत्युपछि कलेज प्रशासनले देखाएको चरित्र झनै शंकास्पद भएको उनको भनाई छ ।

कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी प्रकृतिबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीलाई उल्टै कलेजबाट निकालिएको छ । उनको मृत्युको कारण खुल्न नसके पनि सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत एक पुरुष साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

लम्सालले युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर ९आईआरओ० लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरुले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए । विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको थियो । प्रहरीले लम्सालको शव नियन्त्रणमा लिएर क्यापिटल अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ ।

यता, रजिस्ट्रारको कार्यालयले सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न सूचना जारी गरेको छ ।

अहिले सबै नेपाली बिद्यार्थीहरुलाई कलेज होस्टलबाट दुव्र्यवहार गर्दै निकालेको छ । करिब २०० नेपाली बिद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर बिभिन्न रेल स्टेसन र बसपार्कहरुमा लगेर छाडिएको छ ।

एक विद्यार्थीका अनुसार उक्त कलेजमा अध्ययनरत सबै नेपाली बिधर्थीमाथि यस्तै दुव्र्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवेस्टेसनमा छोडिएको छ । प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारबारे भारतस्थित नेपाली दूताबासलाई समेत जानकारी गराएका थिए । तर दूताबासबाट कुनै सहयोग नभएको उनीहरुको आरोप छ ।


प्रतिक्रिया