`

सुनको मूल्य बढ्यो

Nepal One HD ११ फागुन २०८१ ११:४१
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय कायम भएको छ ।

चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रहेको चाँदीको मूल्य आइतबार एक हजार ९७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया