`

सुनचाँदीको मूल्य बढ्यो

Nepal One HD १२ फागुन २०८१ ११:२१
अर्थ समाचार

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन सोमबार बढेर एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया