`

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

Nepal One HD १२ फागुन २०८१ २२:०४
अर्थ समाचार

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।

पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ । ओझाले यसअघि नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन् ।


प्रतिक्रिया