`

‘महाशिवरात्रि पर्वले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न हौसला प्रदान गर्नेछ’

Nepal One HD १४ फागुन २०८१ १८:२९
राजनीति

काठमाडौँ, १४ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले सबै धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्ने अभियानमा क्रियाशील रहेको बताउनु भएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको जानकारी दिनुभयो । उहाँले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमासमेत शुभकामना व्यक्त गर्नुभएको छ । महाशिवरात्रि पर्वले आम नेपालीलाई “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न हौसला प्रदान गर्ने उहाँको विश्वास छ ।


प्रतिक्रिया