`

राजावादीले संविधानको मार्गभन्दा बाहिर गएर सडक तताउनु आवश्यक छैन : शंकर पोखरेल

Nepal One HD २६ फागुन २०८१ १९:२२
राजनीति

गौशाला (महोत्तरी), २६ फागुनः नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताउनुभएको छ ।आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गर्नुभएको छ । यति हुँदासमेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन् ।”

राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राख्नुभयो । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा (एमाले) रहेको उहाँको भनाइ थियो  । कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा यहाँका आमसञ्चार चुकेको बताउनुभयो ।

प्रतिक्रिया