`

प्रकाश सपुतको ‘वसन्त’ को ट्रेलर सार्वजनिक

Nepal One HD १० चैत २०८१ २१:३०
मनोरञ्जन

काठमाडौं । गायक तथा नायक प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो फिल्म ‘वसन्त’ ट्रेलर सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएके हो । फिल्ममा जातीय विभेदको कथा देखाइएको छ ।

फिल्मको कथा, लेखन र संगीत पनि प्रकाशकै हो । फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरूङ, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्मको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। ‘वसन्त’ चैत २२ गतेदेखि प्रदर्शन तयारीमा छ।


प्रतिक्रिया