जनमत पार्टीद्वारा राष्ट्रिय परिषद् समितिको बैठक आह्वान

राजनीति

काठमाडौँ, ११ चैत : जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक अह्वान गरेको छ । यही चैत १५ गते शुक्रबार काठमाडौँमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय डा शरदसिंह यादवले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “केन्द्रीय सचिवालय समिति बैठकको निर्णायानुसार राष्ट्रिय परिषद् समितिको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्ने छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट