`

निलम्बन फुकुवाका लागि रविले सभामुखलाई आग्रह गर्ने

Nepal One HD १९ चैत २०८१ ९:३५
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दैछन् । लामिछानेले पार्टीका सांसदहरुसहित आज सभामुखलाई भेट्न लागेका हुन् ।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।

तर लामिछानेले संबिधान विपरित सांसदबाट आफूलाई निलम्बन गरिएको बाताउँदै आएका छन् । सभामुखसँगको भेटमा रास्वपाले लामिछानेको निलम्बन फुकुवाका लागि आग्रह गर्नेछ ।


प्रतिक्रिया