`

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

Nepal One HD १९ चैत २०८१ १७:४९
प्रमुख खबर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिको हो । यही चैत १५मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो । मंगलबार न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको थियो ।

अब अन्तरिम आदेश हुने/नहुने निर्णय न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ । चैत १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र शाक्यको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरेका छन् ।

शाक्यले पनि आफूलाई गैरकानुनी रूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तिका विषयमा कानुनी प्रश्न उठाउने अधिकार उनलाई नभएको भन्दै रिट दायर गरेका छन् ।


प्रतिक्रिया