`

काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

Nepal One HD २१ चैत २०८१ २१:३७
खेलकुद

काठमाडौँ, २१ चैतः नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो ।

योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क बनाएका छन् । काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो । झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ ।


प्रतिक्रिया