`

‘निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यक’ : अध्यक्ष राजेन्द्र लिङ्देन

Nepal One HD २६ चैत २०८१ १८:३७
राजनीति

‘निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यक’ : अध्यक्ष राजेन्द्र लिङ्देन

कीर्तिपुर (काठमाडौँ), २६ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनीतिक व्यवस्था खोजेको बताउनुभएको छ । पार्टीद्वारा आज राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनीतिक समझदारी गर्नु रहेको बताउनुभयो ।

उहाँले यही चैत १५ गते गिरफ्तार भएका आफ्ना पार्टीका नेताहरुको रिहाइ गर्न माग गर्दै भृकुटीमण्डपमा खबरदारी सभा गर्न नदिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

सो पार्टीका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकका ठूला भनिएका राजनीतिक दलहरुले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै जनताले त्यसको हिसाब गर्ने बताउनुभयो ।

पार्टीका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले मुलुकका प्रमुख राजनीतिक दलहरुले पूर्वराजासँग गरेको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउनुभयो । पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया