यु-१९ विश्वकप एशिया छनोटः नेपालद्वारा ओमान ८ विकेटले पराजित

खेलकुद

काठमाडौं । आईसीसी यु १९ विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराएको हो ।
ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो । नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो ।
ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा आइतबार यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो । एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट