चर्चित लोकगायक प्रकाश दुतराजले पनि फिल्म खेल्ने

मनोरञ्जन

काठमाडौं । चर्चित लोकगायक प्रकाश दुतराजले पनि फिल्म खेल्ने भएका छन् । फिल्म ‘आहुति’मार्फत दुतराजले फिल्ममा अभिनय गर्न लागेका हुन् ।
फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । त्यस्तै फिल्ममा ‘होस्टेल ३’ बाट डेब्यु गरेका रिहान गिरी पनि मुख्य भूमिकामा देखिँदै छन् ।
फिल्म भवानी संग्रौलाले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा अभिनयसहित दुतराजको गीत पनि समावेश हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट