`

काठमाडौंको तीनकुनेमा तीन वटा सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु

Nepal One HD २५ वैशाख २०८२ ९:०१
प्रमुख खबर

काठमाडौं । काठमाडौंको तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान काठमाडौं–३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१–०२६च २९२७ भ्यान र बा.प्र.०२–३८४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए ।

उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन् । घाइते चालकको ट्रकमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया