`

रविन्द्र मिश्रलाई पाँच दिन म्याद थप

Nepal One HD २५ वैशाख २०८२ १८:४५
प्रमुख खबर

काठमाडौँ । काठमाडौंको तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २४ जनालाई अदालतले थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यसअघि क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए ।


प्रतिक्रिया