`

भारत-पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालद्वारा चिन्ता व्यक्त

Nepal One HD २५ वैशाख २०८२ १९:०८
प्रमुख खबर

काठमाडौं । नेपालले भारतको पहलगाममा अप्रिल २२ मा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी आफ्नो भूमिमा कुनै पनि शत्रुतापूर्ण शक्तिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न अनुमति नदिने उल्लेख गरेको हो । मन्त्रालयले नेपाल तनाव कम हुने आशा व्यक्त गरेको छ ।


प्रतिक्रिया