`

पाकिस्तानमा अध्ययनरत ८० भन्दाबढी नेपाली विद्यार्थीले गरे उद्दारका लागि आग्रह

Nepal One HD २६ वैशाख २०८२ १२:२४
प्रमुख खबर

काठमाडौं । भारत–पाकिस्तान तनाव बढेपछि पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरुले उद्दारका लागि आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवललगायतका ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दाबढी नेपाली विद्यार्थीहरू उद्दारका लागि पहल गर्न आफूलाई आग्रह गरेको बताएकी हुन् ।

उनले नेपाली विद्यार्थी सुरक्षासम्बन्धी ध्यानाकर्षण गर्दै परराष्ट्र मन्त्रालयलाई विद्यार्थीलाई नेपाल फर्काउने वा तोकिएको स्थानमा सुरक्षित राख्ने र बस्ने खाने व्यवस्था मिलाउन माग गरेकी छन् ।

त्यस्तै उनले भारतमा समेत धेरै नेपाली विद्यार्थी रहेको हुँदा आवश्यक परेको खण्डमा त्यहाँका विद्यार्थीको उद्दारसम्बन्धी योजना समेत जानकारी उपलब्ध गराउन आग्रह गरेकी छन् ।


प्रतिक्रिया