समाचार

२० लाख भन्दाबढी हुण्डीको रकमसहित काठमाडौंबाट एकजना पक्राउ

NepalOne
४ जेठ २०८२ १८:१४

काठमाडौं । प्रहरीले हुण्डीको रकमसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार दिउँसो जुद्धसालिकबाट सिन्धुपाल्चोकका संजय बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २० लाख २९ हजार ६ सय बीस रुपैयाँ बरामद गरेको परिसरका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।


प्रतिक्रिया