चन्द्र पन्तको निर्देशनमा ‘आ बाट आमा’ बन्ने

NepalOne
७ जेठ २०८२ ९:१३
मनोरञ्जन

काठमाडौं । निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका छन् । उनले एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्। साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन् ।

सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ। यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको छायाँकन आगामी भदौबाट हुनेछ। यो फिल्मको कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन।

फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन् । उनको यो फिल्म डेब्यु निर्देशन थियो । यसबाहेक उनले भोजपुरी फिल्मसहित पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।


प्रतिक्रिया