भेरी र नारायणी नदीमा बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन


कर्णाली । बिहीबार सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरी नदीमा बेपत्ता प्रेमबहादुर राना र शुक्रबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका –९ थम्सीस्थित नारायणी नदीमा बेपत्ता भएका यमलाल दराईको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
४४ वर्षीय रानाको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेस घुमखरेबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली शनिबार बिहानबाट खोजी कार्यमा परिचालित छ ।
यस्तै नारायणीमा बेपत्ता ४० वर्षीय दराईको खोजीको लागि शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ४ जना गोताखोर सहित ९ जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दराइ माछा मार्ने क्रममा नारायणीमा बेपत्ता भएको बुझिएको छ ।