ठूलो जिम्मेवारी माओवादीको काँधमा आउँदैछः प्रचण्ड

NepalOne
१० जेठ २०८२ १७:३१
प्रमुख खबर

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि प्रचण्डको काँधमा नयाँ क्रान्तिको अभिभारा आएको बताएका छन् ।
‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवामा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरि प्रचण्डको काँधमा नयाँ क्रान्तिको अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन् ।
उनले देश फेरि माओवादीमय भएको दाबीसमेत गरे । उनले भने, ‘मैले ०६४ जस्तै देश माओवादीमय हुने र प्रचण्डमयको अवस्था देखिरहेको छु । निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा वा प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको महसुस गरेको छु ।’
उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।
प्रतिक्रिया
ताजा अपडेट