हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको निर्णयमा अदालतको रोक

NepalOne
११ जेठ २०८२ ९:०५
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेजका लागि गरेको आदेश कार्यान्वयन गर्न संघीय अदालतले आदेश दिएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको निर्णय तत्काल कार्यान्वयन नगर्न संघीय अदालतले रोक लगाएको हो । ट्रम्प प्रशासनले बिहीबार हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना कार्यक्रम नै खारेज गर्ने निर्णय गरेको थियो ।

अदालतको आदेशसँगै तत्कालका लागि विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली नरोकिने भएको छ । हार्वर्डले ट्रम्प प्रशासनको कदम गैरकानुनी र स्वतन्त्र शिक्षामा हस्तक्षेप भएको भन्दै शुक्रबार नै मुद्दा दायर गरेको थियो ।

हार्वर्डका अध्यक्ष एलन गार्बरले सरकारको निर्णय अवैध, अनुचित र शिक्षाको स्वतन्त्रतामाथिको प्रतिशोधात्मक कारबाही भएको बताएका छन् ।


प्रतिक्रिया