कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटकको आगमन सुरु

समाचार

सिमकोट (हुम्ला-पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन थालेका छन् । कैलाश मानसरोवर जान आज १२ भारतीय पर्यटक यहाँ आइपुगेका हुन् ।
यस वर्ष पहिलोपटक विदेशी पर्यटक कैलाश मानसरोवर दर्शनका लागि आएका सिमकोट विमानस्थलमा राजस्व सङ्कलनमा खटिएका दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो । उनीहरू काठमाडौँबाट केरुङ नाका भएर हुम्ला आइपुगेका हुन् । राजस्व सङ्कलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार एक सय सङ्कलन गर्ने गरिएको छ ।
हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर अर्को दिन सिमकोटबाट चीनसँग जोडिएको सीमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर बढी विदेशी पर्यटक आउने अनुमान गरिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट