`

सुरेश रजकको परिवारलाई रास्वपाले दियो तीन लाख

Nepal One HD ७ असार २०८२ १३:२३
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

पार्टीको तेस्रो स्थापना दिवसको दिन रास्वपाले रजकको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष वयबस्थापन विभागका सदस्य जगदीश खरेल रजकको घर पुगेका थिए ।

साथै रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारीलाई जिम्मेवार रहन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *