`

सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि बालिकाको हत्या आरोपमा पाँच जना पक्राउ

Nepal One HD १३ असार २०८२ १३:४०
अपराध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी रामेश्वर कार्कीका अनुसार यही असार १० गते भोटेकोशी गाउँपालिका–५ स्थित जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो ।

ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिएका छन् । पक्राउ पर्नेहरूमा भोटेकोशी– ५ मार्मिङ बस्ने २१ वर्षीय निमातेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पापासाङ तामाङ रहेका छन् । उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *