काभ्रेबाट ‘मिरमिरे’को छायाँकन सुरु

मनोरञ्जन

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायाँकन सुरु भएको छ । शनिबारदेखि चलचित्रको छायाँकन सुरु भएको हो । निर्माण पक्षले पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायाँकनको थालनी गरेको हो ।
छायाँकन करिब ३५ दिनमा पूरा गर्ने योजना रहेको निर्देशक यम शेर्पाले जानकारी दिए । उनका अनुसार चलचित्रको अधिकांश छायाँकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।
चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट