`

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने

Nepal One HD २८ असार २०८२ ६:४०
विश्व

फ्रान्स र बेलायतबीच आप्रवासी फिर्ता पठाउने विषयमा हालै भएको सहमति सम्बन्धमा युरोपेली आयोग (ईयू) ले मूल्यांकन गर्ने जनाएको छ । आयोगले सम्झौताको कार्यान्वयन अघि त्यसका ठोस प्रावधानहरूको विस्तृत अध्ययन गरिने स्पष्ट पारेको छ ।

युरोपेली आयोगका प्रवक्ता मार्कुस लामेर्टले भन्नुभयो, “फ्रान्स र बेलायतबीच प्रस्तावित सहकार्यका बुँदाहरूको आयोगद्वारा मूल्यांकन गरिनेछ ।”
उहाँले हाल अंग्रेजी च्यानलमार्फत भइरहेको अवैध आप्रवासनलाई ‘चिन्ताजनक’ भन्दै, यस्ता खतरनाक यात्रा रोक्न ‘दृढ र समन्वित उपाय’ आवश्यक रहेको पनि बताउनुभयो ।

तर यो प्रस्तावले युरोपेली संघका केही सदस्य राष्ट्रहरूमा गम्भीर चिन्ता उत्पन्न गराएको छ । हालसम्म यस वर्ष मात्रै २१ हजार भन्दा बढी आप्रवासी सामान्य डुंगामार्फत बेलायत पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *