फिल्म ‘एक्का तीन’ निर्माण हुने

मनोरञ्जन

काठमाडौं । निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले ‘एक्का तीन’ नामक नयाँ फिल्म घोषणा गरेका हुन् ।
सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माण पक्षले गरेको छ । फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ ।
जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।
थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट