`

जबजलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

Nepal One HD २८ असार २०८२ १७:२४
प्रमुख खबर

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) राजनीतिक सिद्धान्त मात्रै नभएर दार्शनिक चिन्तनसमेत भएको बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तनसमेत भएकाले यसलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी हुन् ।

उनले जबजले कम्युनिष्ट आन्दोलनलाई समय, परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्ने बताइन् ।

उनले भनिन्, ‘जबज सम्बन्धी उच्च प्राज्ञिक स्तरमा सन्दर्भ सामग्रीको अभाव रहेको यथार्थतालाई आत्मसाथ गरी यस सिद्धान्तको अध्ययन अनुसन्धानका लागि मदन भण्डारी फाउण्डेशनले विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्दै आएको छ । जबज नेपाली माटोमा हुर्किएको आफ्नो मौलिक सिद्धान्त हो । यसको उच्च शैक्षिक संस्थामा अध्ययन र अनुसन्धान हुनुपर्दछ । त्यस्तै जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्याउने एउटा आधिकारिक माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्छ।’

उनले ’समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेकपा एमाले पनि जबजकै सिद्धान्तअनुसार अगाडि बढेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *