भारतमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने २० क्रिकेट खेलाडीको नाम घोषणा


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ।
क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बैंगलोरुमा सहभागी हुने खेलाडी छनोट गरेको हो। दोस्रो चरणको बन्द प्रशिक्षणमा पहिलो चरणको बन्द प्रशिक्षणमा परेका १२ खेलाडी बाहिरिएका छन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ। पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।
भारतमा प्रशिक्षणमा सहभागी हुने खेलाडी
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंसाकार