`

अध्यक्ष ओलीले भने- विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको छु

Nepal One HD ५ साउन २०८२ १७:४८
बिशेष

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताएका छन् ।

आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उनले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराए ।

‘हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ। राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ। उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्ने छ,’ उनले केन्द्रीय कमिटी बैठकमा भने ।

उनले पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भेटेको बताएका छन् । साथै उनले पार्टीविरुद्ध अभिव्यक्ति दिएमा कारबाही हुने चेतावनी पनि दिएका थिए ।

‘उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर प्रचार गरे । त्यस्तै, भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो,’ उनले भने, ‘हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *