`

कोशी प्रदेशसभाः योगदानमूलक निवृत्तभरण कोषसम्बन्धि विधेयक स्वीकृत

Nepal One HD ११ साउन २०८२ १८:१५
राजनीति

विराटनगर, ११ साउनः कोशी प्रदेशसभामा आजको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गर्नुभएको सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भई कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले धारणा राख्नुभयो ।

समसायिक विषय
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले विगत केही दिनदेखि आफ्ना विरुद्धमा सञ्चारमाध्यममा आइरहेका समाचार झुटो र कपोलकल्पित रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले नखाएको विष मलाई कसरी लाग्छ, मेरो सचिवालयको कर्मचारीको ‘क्युआर कोड’मार्फत आफ्ना मातहतका कर्मचारीसँग रकम मागेको कुरा गलत हो ।”

उहाँले सञ्चारमाध्यममा आएको व्यक्तिको क्युआरकोडको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राख्दै आफू कसैसँग पनि लेनदेन र घुस नलिएको दाबी गर्नुभयो ।

शून्य समय
प्रदेशसभाको बैठकको आजको शून्य समयमा प्रदेशसभाका सदस्य गोम्बु शेर्पा, गणेशप्रसाद उप्रेती, गोपालबहाुर बुढाथोकी, मीना श्रेष्ठ, कमला दर्नाल, होमबहादुर थापा, मैया श्रेष्ठ, सुनिताकुमारी गुरुङ र मानबहादुर लिम्बूले विभिन्न विषयमाथि धारणा राख्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *