सिङ्गापुरले मौद्रिक नीति यथावत् राख्ने निर्णय


सिंगापुरको केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीति यथावत राख्ने निर्णय गरेको छ । बुधबार जारी निर्णयअनुसार, मौद्रिक निकायले मुद्रा विनिमय दरको नीति सीमा र त्यसको केन्द्रबिन्दुमा कुनै परिवर्तन नगर्ने बताएको छ ।
निकायले विश्व र देशको अर्थतन्त्र अहिलेसम्म राम्रो अवस्थामा रहेको उल्लेख गरेको छ । तर, सन् २०२५ को दोस्रो आधामा सिंगापुरको आर्थिक वृद्धिमा केही कमी आउने अपेक्षा गरिएको छ । यस वर्षको कुल उत्पादन सम्भावित स्तरभन्दा अलिकति कम हुने सम्भावना छ ।
मुख्य मूल्य वृद्धिको दबाब छिट्टै कम हुने अनुमान गरिएको छ । निकायले विश्व तथा देशको आर्थिक अवस्थालाई नजिकबाट नियाल्ने र मूल्य वृद्धि तथा आर्थिक वृद्धिमा देखिने जोखिमप्रति सतर्क रहने प्रतिबद्धता जनाएको छ ।
अप्रिल महिनामा गरिएको नीति समीक्षामा पनि मुद्रा मूल्य वृद्धिको गति केही कम गरिएको थियो, तर क्रमशः बढाउने नीति भने कायम राखिएको थियो । त्यसयता अमेरिकी मुद्राको मूल्य घटेसँगै सिंगापुरको मुद्रा मूल्यमा वृद्धि देखिएको छ ।