ओली समक्ष प्रदीप ज्ञवालीले लिए मदन-आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको शपथ


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मदन-आश्रित स्मृति प्रतिष्ठान अध्यक्ष पदको शपथ लिएका छन् ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् ।
पार्टी कार्यालय आयोजित कार्यक्रममा अध्यक्ष ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले पनि शपथ लिए । शपथ लिएपछि प्रतिष्ठानले मदन-आश्रितको योगदानलाई समाजमा स्थापित गर्नको लागि ३१ वर्षदेखि काम गर्दै आइरहेको बताए ।
उनले प्रतिष्ठान चार वटा काममा केन्द्रित हुने बताए ।
उनले थपे, ‘वैचारिक कामलाई अगाडि बढाउने सिलसिलामा एमालेको केन्द्रीय स्कुल विभाग र मदन आश्रित प्रतिष्ठानको विषयमा समझदारी भएको छ । त्यहाँको एउटा भवनलाई पार्टीले जबज स्कुल चलाउने गरी पुनर्निर्माण भएको छ । विधान महाधिवेशन लगत्तै हामीले नियमित रूपमा स्कुल सञ्चालन गर्छाैं । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी, नेता कार्यकर्ताहरू तयार गर्ने हिसाबले प्रयोग हुन्छ ।’
तस्बिरहरु:-