`

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

Nepal One HD २८ साउन २०८२ २०:२६
राजनीति

काठमाडाँै, २८ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा पु-याएको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक÷वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडिएसी) बैठकमा मन्त्री गुरुङले नीति, नियम र ऐन कानुन सुधार गरेर सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

साथै, उहाँले संस्थागत सुधारका लागि कर्मचारी, प्रशासन संयन्त्र र कार्यशैलीमा सुधार ल्याउनु अर्को महत्वपूर्ण पक्ष हुने बताउनुभयो । विगतबाट पाठ सिक्दै आगामी कार्य सम्पादनमा अपेक्षाकृत प्रगति गर्न उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले प्राप्त बजेटको भरपुर सदुपयोग गरेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । हुलाक सेवाले प्रगति गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

सञ्चार सचिव राधिका अर्यालले मन्त्रालयले केही महत्त्वपूर्ण नीतिगत कार्य गरेको बताउनुभयो । हाल मन्त्रालयले ऐन, संशोधन, नीतिगत सुधार गर्न लागेकाले यसले आगामी कार्यदिशामा काम गर्न सहजता प्रदान गर्ने उहाँको भनाइ थियो ।

बैठकमा मन्त्रालयका सहसचिव कोशहरी निरौलाले मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सीमित स्रोत र साधनका कारण लक्ष्य पूरा गर्ने चुनौती छ । यद्यपि आगामी दिनमा सुधार गर्दै कार्ययोजना बनाउन मन्त्रालयले जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न निकाय प्रमुख र विभागीय प्रमुखहरुको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *