बाढीले मुस्ताङको ढी– सुर्खाङ जोड्ने पक्की पुलमा क्षति, सवारी आवागमनमा रोक

प्रमुख खबर

मुस्ताङ-उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ । मङ्गलबार रातिदेखिको मनसुनजन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित ढी—सुर्खाङ) खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिनुभयो
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट