‘पहाडकी रानी’सँग पर्यटकीय साझेदारी बढाउँदै पोखरा


गण्डकी । पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबीच पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरेको छ ।
प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबीचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा रहेर छलफल गरेको छ । दिगो पर्यटनको विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने योजनाअनुुरुप भ्रमण वर्ष घोषणा भएका स्थानीय तहसँग छलफल एवं अन्तरक्रिया बढाइएको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताएका छन् ।
“हामी योसँगै गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानीय तहसँग छलफल बढाउने तयारीमा छौँ”, उनले भने, “पर्यटनको विकास केवल एउटैले मात्र गरेर हुँदैन् एकापसमा गरिने सहकार्यले दिगो पर्यटन विकासलाई महत्वपूर्ण सहयोग पुु¥याउँछ ।”
नेपाल भित्रिएका सबै पर्यटकलाई पोखरा ल्याउने र पोखरा आएका पर्यटकलाई आसपासका पर्यटकीय गन्तव्यमा पुु¥याउन एकापसमा साझेदारी र सहकार्य आवश्यक रहेको उनले बताए । साझेदारी र सहकार्यकै लक्ष्यका साथ आइतबार मात्रै भ्रमण वर्ष घोषणा गरिएको गोरखा नगरपालिकामा सम्बद्ध अधिकारीहरूसँग छलफल एवं अन्तरक्रिया गरिएको छ ।
बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँगको पर्यटकीय साझेदारीले बन्दीपुरको पर्यटनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरेकी छिन् । “सहकार्यले दुुवै गन्तव्यको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्छ”, उनले भनेकी छन्, “यसका लागि एकापसमा सहकार्य आवश्यक छ, हामी सहकार्य गर्दै अघि बढ्न इच्छुक छौँ ।”
बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक वैैशबहादुर गुरुङले पर्यटकीय गन्तव्यहरुबीच एकापसको सहकार्यले दिगो पर्यटनमा योगदान पुुग्ने धारणा राखेका छन् । एकापसका गन्तव्यको पर्यटकीय साझेदारीका लागि अगुवाइ पोखराले लिनुपर्ने बताउँदै उनले सामूहिक प्रयासले हामी सबैलाई फाइदा पुुग्ने उल्लेख गरेका छन् ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले पर्यटनमा सहकार्य बढाउँदै त्यसको लाभ सामूहिक रुपमा लिनसक्ने वातावरण तयार गर्ने लक्ष्यका साथ स्थानीय तहसँग साझेदारीको अभियान सुरु गरिएको बताए । पोखरालाई पर्यटन राजधानी घोषणा गरेपछि पर्यटन सम्बद्ध क्षेत्रको विकासका लागि पोखरामा एसियाली विकास बैङ्कलगायत विकास साझेदारहरूबाट ठूलो लगानी हुन लागेको उहाँले जानकारी दिएका छन् ।
पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सह–संयोजक दामोदरभक्त थापाले एकआपसका गन्तव्यबाट पर्यटक आदानप्रदान गर्न सकेमा सामूहिक लाभ लिन सकिने बताउँदै यसका लागि सहकार्य जरुरी भएको धारणा राखेका छन्। नेपाल पत्रकार महासघंँ तनहुँका अध्यक्ष डिपी अधिकारीले भ्रमण वर्ष घोषणा भएका स्थानीय तह एकै ठाउँमा बसेर पर्यटकीय साझेदारीलगायतका विषयमा नीतिनिर्माण बढ्दै अघि बढ्न सकेमा समग्र पर्यटको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताएका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले एकआपसको पर्यटकीय सहकार्यले दुुवै गन्तव्य लाभान्वित बन्ने बताएका छन् । यसबाट पर्यटकको बसाँइ लम्ब्याउन योगदान पुग्नको साथै पर्यटकले गर्ने खँर्च पनि बढाउने उनले बताए । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सदस्यसचिव एवं महानगरपालिका आर्थिक विकास महाशाखाप्रमुख मनहर कडरियाले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार संस्थाहरू पनि लगानीका लागि इच्छुक भएको बताएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महिला व्यवसायी रामकली खड्का, बन्दीपुर भ्रमण वर्ष–२०२५ का सदस्य राजुु बानियाँ, उद्योग वाणिज्य सङ्घ बन्दीपुरका अध्यक्ष घनश्याम खड्कालगायतले पर्यटकीय गन्तव्यबीच सहकार्य हुँदा त्यसबाट पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताएका छन् ।