`

रूस र अमेरिका बीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफलः पुटिन

Nepal One HD ७ भदौ २०८२ १३:५४
विश्व

रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास ९एलएनजी० परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ । यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाएका छन्।

निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रूसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताएका थिए ।

“हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौं, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,” पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भनेका छन् ।

पुटिनका अनुसार, रूससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यान खिँचेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *