`

तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

Nepal One HD १० भदौ २०८२ १८:११
नेकपा एमाले

काठमाडौँ, १० भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उहाँले बताउनुभयो ।

एमालेले दोस्रो विधान महाधिवेशन तयारीका लागि बैठक बोलाएको थियो । “विधान संंशोधनमा आएका सुझावलाई समेटेर केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारीे थियो, तर विधान संशोधनमाथिको सुझाव आउने क्रम रहेकाले बैठक स्थगित गर्नु परेको हो । चाँडै नै नयाँ मिति तोकिने छ”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो ।

एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।
एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *